नेपाल-भारत विवाद समाधानका लागि द्विपक्षीय संयन्त्र पुन: सक्रिय गर्ने सहमति

काठमाडौँ— संयुक्त राष्ट्रसंघ महासभा ७९ को अवसरमा न्यूयोर्कमा भएको भेटवार्तामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहमति भएको छ। भेटमा दुई देशबीचका बाँकी रहेका विवाद समाधान गर्न द्विपक्षीय संयन्त्रहरू पुनः सक्रिय गर्ने विषयमा पनि छलफल भयो।

सेप्टेम्बर २३ मा भएको यो भेट ४५ मिनेट लामो थियो र यसमा व्यापार, ऊर्जा, प्रबिधि, सिमा सुरक्षा, जलस्रोत, तथा सम्पर्कमा सहकार्यका विषयमा छलफल गरिएको थियो। भेटपछि दुवै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा छलफललाई फलदायी भएको जनाएका छन्।

दुवै पक्षले प्रधानमन्त्री मोदीको आगामी नेपाल भ्रमणको तयारी गर्ने विषयमा छलफल गरेको र यो भ्रमण नोभेम्बर वा डिसेम्बरमा हुने सम्भावना रहेको बताइएको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै नेताले द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएको प्रगतिबाट सन्तोष व्यक्त गरेको र विकास साझेदारी, जलविद्युत्, जनस्तरका सम्बन्ध तथा डिजिटल र ऊर्जा क्षेत्रको सम्पर्कलाई मजबुत बनाउन थप प्रयास गर्न सहमति भएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *