काठमाडौं – डभले नेपालमा आफ्नो चर्चित डभ बारको प्रवर्द्धनका लागि नयाँ र अनोखा मिडिया अभियान सुरु गरेको छ, जसलाई आउटरीच नेपालको सहकार्यमा तयार पारिएको हो। यस अभियानले परम्परागत र डिजिटल विज्ञापनलाई एकसाथ समेट्दै उपभोक्तालाई थप आकर्षक बनाउनको लागि ‘अग्मेन्टेड रियालिटी’ (एआर) प्रविधि प्रयोग गरिएको छ।
यस अभियानले नेपालका सबै प्रमुख राष्ट्रिय पत्रिकाहरूमा स्थान पाएको छ, जसले ब्राण्डहरूलाई प्रिन्ट विज्ञापनमार्फत दर्शकसँग अन्तरक्रिया गर्ने तरिकालाई पूर्णरूपमा परिवर्तन गरेको छ। विज्ञापनमा एक साधारण प्रश्न सोधिएको छ, “तपाईं आफ्नो छाला कस्तो महसुस गर्न चाहनुहुन्छ?” साथै विज्ञापनमा एउटा क्युआर कोड पनि राखिएको छ। यस क्युआर कोडलाई स्क्यान गरेर उपभोक्ताहरूले डभ बारको साधारण साबुनभन्दा फरक विशेषताहरू बुझ्न सक्नेछन्। भिडियोले डभको खास गुणहरू, विशेष गरी यसको मोइस्चराइजिङ लाभहरूलाई प्रस्ट पार्छ।
यस अभियानलाई विशेष बनाउने कुरा के हो भने यो एउटा स्थिर प्रिन्ट विज्ञापनलाई सजिलैसँग स्मार्टफोनको सहायताले चल्ने टिभी विज्ञापनमा रूपान्तरण गर्दछ। यसका लागि कुनै एप डाउनलोड गर्नुपर्ने आवश्यकता छैन, मात्र फोनको क्यामेराबाट क्युआर कोड स्क्यान गरेर उपभोक्ताहरूले डभ बारको फाइदाहरू हेर्न सक्नेछन्।
युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करञ्जीतले भने, “युनिलिभरमा, हाम्रा उपभोक्तालाई अझ बढी मूल्य दिने उद्देश्यले हामीले नयाँ-नयाँ प्रविधि र नवीनताहरूलाई अघि बढाइरहेका छौं।”
आउटरीच नेपालका संस्थापक उजया शाक्यले यस सफलताप्रति खुसी व्यक्त गर्दै भने, “यो प्रिन्ट मिडिया इनोभेसनले साधारण पत्रिकाको विज्ञापनलाई स्मार्टफोनको सहायताले टिभी विज्ञापनमा रूपान्तरण गरेको छ।”
डभ बारको फाइदाहरू सजिलैसँग बुझ्न यो प्रविधि सहयोगी बनेको छ, जसले उपभोक्ताहरूलाई डभ बारको अनौठो विशेषताहरू प्रभावकारी तरिकाले बुझ्न मद्दत पुर्याउँछ।
यो अभियानले परम्परागत प्रिन्ट विज्ञापनलाई डिजिटल र एआर प्रविधिसँग संयोजन गरी नेपालमा विज्ञापनको नयाँ ढंगको विकास भएको देखाएको छ।