काठमाडौं – एप्पलले वार्षिक विशेष कार्यक्रममार्फत iPhone 16, Watch Series 10, र AirPods 4 सार्वजनिक गरेको छ। यसपटकको कार्यक्रमको मुख्य आकर्षण भने एप्पलले मेडिकल क्षेत्रमा गरेका नयाँ नवप्रवर्तनहरू हुन्, जसमा AirPods अब सुन्ने उपकरणको रूपमा पनि प्रयोग गर्न सकिने र Apple Watch Series 10 ले सुत्न समस्या भएका व्यक्तिको निद्रा अनुगमन गर्न सक्नेछ।
सोमबारको यो कार्यक्रम कम्पनीको स्टीव जब्स थिएटरबाट प्रसारित गरिएको थियो, जहाँ एप्पलले ठूला पर्दा भएका नयाँ iPhone 16 Pro र Pro Max मोडेलहरू, जसको स्क्रिन क्रमशः 6.3 इन्च र 6.9 इन्च हुनेछ, र थिनर डिजाइनको Watch Series 10 को सार्वजनिक गरे।
यसपटकको iPhone 16 Pro मा 48MP फ्यूजन क्यामेरा, 12MP टेलिफोटो लेन्ससहित 5x जुमको सुविधा हुनेछ। यसैगरी, नयाँ A18 Pro चिपले फोनको गति र ग्राफिक्स प्रदर्शनलाई १५ प्रतिशतले सुधार गर्नेछ।
Apple Watch Series 10 ले साहसिक यात्रा र स्वास्थ्य ट्र्याकिङका लागि डिजाइन गरिएको नयाँ फिचरहरू प्रस्तुत गरेको छ। यसमा समुद्रको ज्वारभाटा अनुगमन गर्न Tide एप र पानीको तापक्रम जाँच्न Depth एपको सुविधा समावेश छ।
यसका साथै AirPods 4 ले प्रयोगकर्ताको सुनाइ जाँच गर्न सक्छ र आवश्यकता अनुसार सुनाइ सहायकको रूपमा प्रयोग गर्न सकिनेछ।
iPhone 16 Pro को मूल्य $999 बाट सुरु हुन्छ भने Pro Max $1,199 मा उपलब्ध हुनेछ। Watch Series 10 को मूल्य $399 बाट सुरु हुन्छ।