नेपाल सरकारद्वारा स्टार्टअप ऋणको लागि प्रस्ताव माग, नयाँ उद्यमीलाई सुनौलो अवसर!

काठमाडौं – यदि तपाईं युवा हुनुहुन्छ र कुनै उद्यम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, सरकारले स्टार्टअप ऋणका लागि प्रस्ताव माग गरेको छ। यस योजनाअन्तर्गत २५ लाख रुपैयाँसम्मको ऋण बिना धितो प्रदान गरिनेछ। हालसम्म १६५ जनाले यो ऋण पाइसकेका छन् भने थप ५०० देखि ६०० जनालाई पनि छिट्टै यो ऋण प्रदान गरिने तयारी भइरहेको छ।

यो प्रक्रिया पारदर्शी तरीकाले चयन गरिनेछ। नयाँ उद्यमीहरूलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरिएको छ। अधिक जानकारीका लागि www.iedi.org.np मा भ्रमण गर्नुहोस्। अनलाइन फारम https://sams.iedi.org.np/ मा उपलब्ध छ। अब स्टार्टअप ऋणको लागि आफ्नो प्रस्ताव बुझाएर आफ्नो उद्यमको सपना साकार बनाउनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *