काठमाडौं – नेपाल पर्यटन बोर्ड (एनटीबी) ले यस वर्ष सामुदायिक पर्यटनको श्रेणीमा प्रशान्त एशिया ट्राभल एसोसिएसन (PATA) गोल्ड अवार्ड प्राप्त गरेको छ। एनटीबीको ‘सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्ट’ (STLRP) ले सातै प्रदेशमा पर्यटन रोजगारी सिर्जना र दिगो पर्यटन विकासमा पुर्याएको योगदानको लागि यो सम्मान प्राप्त गरेको हो।
यसअघि, एनटीबीले २०२२ मा पर्यटन गन्तव्य लचिलोपनका लागि र २०२३ मा महिलाहरूको सशक्तीकरण, पर्यटन दिगोपन, र सामाजिक उत्तरदायित्वमा आफ्ना पहलका लागि PATA गोल्ड अवार्ड जितिसकेको छ। कोरोना महामारी पछि यस सामुदायिक पर्यटन परियोजनाले करिब १०,००० पर्यटन श्रमिकलाई अल्पकालीन रोजगारी प्रदान गरेको छ र ४,००० व्यक्तिलाई क्षमता अभिवृद्धि तालिम दिएको छ।
त्यस्तै, भारतको केरला पर्यटनले डिजिटल मार्केटिङ श्रेणीमा PATA गोल्ड अवार्ड २०२४ जितेको छ।