advertGIF1

काठमाडौँमा जेन जेड आन्दोलन : प्रहरी गोलीकाण्डमा १९ को मृत्यु

काठमाडौँ – सोमबार अपराह्न ४ बजेसम्म नयाँ बानेश्वर केन्द्रित जेन जेड आन्दोलनमा प्रहरीले गोली प्रहार गरेपछि कम्तीमा १९ जनाको ज्यान गएको पुष्टि भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरका डा. दिपेन्द्र पाण्डेका अनुसार सात जनाको मृत्यु भएको छ भने १० जनाको अवस्था गम्भीर छ। तीमध्ये धेरैजना टाउको र छातीमा गोली लागेर अस्पताल भर्ना भएका छन्। २० भन्दा बढी घाइतेको उपचार भइरहेको जनाइएको छ।

एभरेष्ट अस्पताल, बानेश्वरका अधिकारी अनिल अधिकारीका अनुसार सो अस्पतालमा तीन जनाको मृत्यु भएको छ। उनले थप ५० भन्दा बढी घाइते उपचाररत रहेको र चारजनाको अवस्था अत्यन्त गम्भीर रहेको जानकारी दिए।

सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार दुई जनाको मृत्यु सो अस्पतालमा भएको छ।

त्यसैगरी, काठमाडौँ मेडिकल कलेज (केएमसी) र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत एक-एक जनाको पनि मृत्यु भएको पुष्टि भएको छ। मृतकहरुको पहिचान अझै सार्वजनिक गरिएको छैन।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन पानी तोप, अश्रुग्यास र प्रत्यक्ष गोली प्रहार गरेको थियो। तर आन्दोलन राजधानीसहित देशका ठूला शहरमा अझै जारी छ।

जेन जेड आन्दोलनकारीहरूले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धभ्रष्टाचारविरुद्ध आन्दोलन चर्काइरहेका छन्। अस्पतालहरूमा चाप अत्यधिक बढेपछि बिरामीहरूलाई अन्य स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको छ।

अहिलेसम्म घाइतेको आधिकारिक संख्या नखुले पनि सयौं उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *