बेलायतमा कार्यवाहक राजदूत रोशन खनाल र बद्री केसीमाथि कार्यक्रममै आक्रोश, आखिर कारण के रहेछ त? (भिडियो सहित)

लन्डन – सोमबार अल्डरसटमा आयोजित एक कार्यक्रम एकाएक रोचक मोडमा पुग्यो जब केही आक्रोशित नेपाली युवाहरूले डा. बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालविरुद्ध नाराबाजी गर्न थाले।

“बेलायतका लागि समावेशी राजदूत चाहियो” र “बद्री केसी आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर” जस्ता नारासहित युवाहरूले कार्यक्रमलाई रोक्दै माहोललाई तनावपूर्ण बनाइदिए। त्यस्तै, उपनियोग प्रमुख रोशन खनालमाथि पूर्वाग्रही व्यवहारको आरोप लगाउँदै उनीहरू राजीनामा माग गर्दै थिए।

नेपाल सरकारले भदौ ११ गते खनालको पूर्वाग्रही कदमविरुद्ध आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए पनि, खनाल प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित भएपछि युवाहरूको आक्रोश अझै बढेको थियो।

नाराबाजी र होहल्लाका कारण कार्यक्रम केही समयका लागि रोकियो, र उपस्थित अतिथिहरू ‘हामी त हेरेको हेरै’ को शैलीमा परिस्थिति हेर्दै बसे। युवाहरूको विरोधले कार्यक्रमलाई थप रोचक बनाएको थियो, जहाँ सबैको ध्यान अचानक बद्रीनाथ केसी र रोशन खनालको तर्फ सोझियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *