ऋषि धमलाले नेपाली वंशजको नागरिकता अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त (भिडियो सहित)

काठमाडौं – गैर-आवसीय नेपाली संघ बेलायेतका अध्यक्ष प्रेम गाहा मगरसँगको मर्मस्पर्शी र प्रभावकारी अन्तर्वार्तामा नेपालका वरिष्ठ पत्रकार ऋषि धमला संग एनआरएनहरूको वंशजको नागरिकता निरन्तरताको बारेमा बृहत रुपमा छलफल भएको थियो ।

व्यापक रूपमा हेरिएको टेलिभिजन कार्यक्रममा स्पष्ट कुराकानीको क्रममा गाहा मगरले विदेशमा रहेका गोर्खा र उनीहरुको परिवार साथै नेपालीहरूको बारेमा पनि बहस भएको र उनीहरुको योगदानलाई जोड दिनु भएको थियो ।

विदेशी भूमिमा रहेर पनि नेपाली सम्पदासँग बलियो सम्बन्ध कायम गर्नको लागी पनी वंशजको नागरिकता निरन्तर भएमा बिदेशमा सिकेका कला, सीप र लगानी आफनै देशमा भित्र्याउन सहयोग पुग्नेछ जसले गर्दा देश समृद्घिको लागी टेवा पुग्ने बिषयहरुमा छलफल छलफल को साथमा विदेशमा रहेका नेपाली सन्तानहरू र उनीहरूको अनिश्चित कानुनी स्थितिका कारण सामना गर्ने चुनौतीहरूलाई प्रकाश पार्नु भयो।

सँगै मिलेर काम गरेर विश्व नेपाली समुदायको नेपालसँगको सम्बन्धलाई जोगाएर त्यसको मूल्य पहिचान गर्ने समाधान निकाल्न सकिने उनको विश्वास छ । उनीहरुलाई नागरिकता दिएर नेपालले आफ्नो देशसँगको सम्बन्धलाई मान्यता दिने मात्र नभई विश्व नेपाली समुदाय र राष्ट्रबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उनले जोड दिए।

अन्तर्वार्ताको अन्त्यमा सबै कारण सुनेपछि वंशजको नागरिकताको अभियानमा धमलाले तर्कसँग सहमत भई निर्णायक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए र यस विषयमा सरकारी अधिकारी, सांसद र सरोकारवालाहरूसँग वार्ता सुरु गर्ने भएको छ। धमलाको आह्वानलाई सरकारले सकारत्मक हिसाबले लिनेछ भन्ने प्रती सम्पूर्ण गैर-आवासीय नेपालीहरु आशाबादी रहनेछ । साथै मिडिया र सार्वजनिक क्षेत्रमा आफ्नो प्रभावशाली आवाजको साथ, धमलाको यो प्रयासले विदेशमा रहेका सम्पूर्ण गैर-आवासीय नेपालीहरुले पाउनु पर्ने अधिकारहरू सुनिश्चित गर्नमा उल्लेखनीय भुमिका खेल्ने सम्भावना देखेको छ।