अग्निपथ योजनाका कारण भारतीय सेनामा नेपालबाट गोर्खा भर्ती रोकिएको छ । भर्खरै भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले भर्ना प्रक्रिया ‘पज’ गरिएको भए पनि यो विषय बन्द नभएको बताए । पीटीआईले रिपोर्ट गरे अनुसार, उनले भने, “मलाई लाग्दैन कि यो बन्द विषय हो। भारतले अग्निपथमा एक किसिमको संयन्त्र बनाएको छ र नेपालबाट भर्ती गर्न पनि त्यही संयन्त्र प्रयोग गर्न चाहन्छ । नेपालले अर्कै भनिरहेका छन् । हामी पुरानो प्रणालीमा जान चाहन्छौं। यही नै हो ।”
नेपाली गोर्खाहरु लामो समयदेखि भारतीय सेनामा कार्यरत छन् । गत असारमा अग्निपथ योजना ल्याएपछि नेपाल सरकारले भारतीय सेनामा गोर्खा भर्तीमा रोक लगाएको थियो । उनीहरुले यो योजनाको भर्ना प्रक्रिया बेलायत–भारत–नेपाल त्रिपक्षीय सम्झौतासँग नमिलेको दाबी गरेका छन् ।